एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको समस्या रोकिएको देखिँदैन । पोर्न केसमा फसेका राज कुन्द्रा अहिले फेरि ठगी मुद्दामा फसेका छन् । यस मामिलामा शिल्पा शेट्टी पनि शंकाको घेरामा छिन् ।
मुम्बईको बान्द्रा प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता गरेको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजविरुद्ध ठगी गरेको आरोपमा एफआइआर दर्ता गरेका हुन् । उजुरी दिने नितिन बराईले शिल्पा र राजले १ करोड ५१ लाख ठगी गरेको आरोप लगाएका छन् ।
शिल्पा शेट्टी र राज कुन्द्राले सन् २०१४–२०१५ मा फिटनेस कम्पनीमार्फत १ करोड ५१ लाख रुपैयाँ ठगी गरेको ती व्यक्तिले बताए । नितिनको उजुरीपछि मुम्बईको बान्द्रा पुलिसले मुद्दा दर्ता गरेको छ । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गर्नेछ । प्रहरीले शिल्पा शेट्टी र राज कुन्द्रालाई पैसा ठगीको आरोपमा सोधपुछ गर्न सक्छ ।
पोर्न भिडियो बनाएर अपलोड गरेको आरोपमा राज कुन्द्रा लामो समयदेखि जेलमा रहेका राज हाल जमानतमा रिहा भएका छन् । जेलबाट बाहिर आएपछि राजले मिडियासँग दूरी कायम गरिरहेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट समेत हटाएका छन् ।




