एजेन्सी । यस वर्ष प्रियंका चोपडाले दीपावली भव्य रूपमा मनाइन् । दीपावली पार्टीकाे एउटा भिडियाे अहिले भाइरल भइरहेकाे छ ।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा प्रियंकाले भारतीय हुनुको सबैभन्दा राम्रो कुरा बताएकी छिन् । उनी भन्छिन्, ‘भारतीय हुनुको सबैभन्दा राम्रो कुरा यो हो कि म धेरै खुर्सानी खान सक्छु । उनकाे याे रमाइलाे अभिव्यक्ति धेरैले मन पराएका छन् ।
प्रियंकाले पति निक जोनससँगको दिवाली मनाउने तस्विर पनि सेयर गरेकी छिन् । भारी एम्ब्राइडेड लेहेंगामा प्रियंका र फूल प्रिन्टेड कुर्ता पायजामामा निक जोनस निकै राम्रो जोडी देखिए ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने प्रियंका चोपडा फिल्म म्याट्रिक्सको सुटिङ गरिरहेकी छिन् । उनले सेटबाट आफ्ना दुई सहकर्मीसँगको तस्विर सेयर गरेका छन् । प्रियंका यस डीप नेक ड्रेसमा निकै सुन्दर देखिएकी छिन् । यसअघि प्रियंका सिटाडेल सिरिजको सुटिङमा व्यस्त थिइन् । उनका धेरै परियोजना पाइपलाइनमा छन्। जसमा केही हलिउड र केही बलिउड फिल्महरू समावेश छन्।




