एजेन्सी। बलिउड क्वीन दीपिका पादुकोणको बारेमा उनका पति तथा अभिनेता रणवीर सिंहले गरेकाे माया र जोक्स सबै फ्यानहरूले मन पराउँछन् । फ्यानहरूले दुवैको नाम दीपवीर राखेका छन् । आज उनीहरुको विवाहको तेस्रो वर्षगाँठ हाे । एक अर्काप्रति के के गुनासा छन् त उनीहरूकाे ? आउनुस् जानौँ ।
दीपिकाले एक अन्तर्वार्तामा सुपरस्टार रणवीर सिंहकाे बढी सुत्ने बानी रहेको बताएकी थिइन् । तर यसले दीपिकालाई अप्ठेरो पर्दैन । उल्टाे उनले त रणवीरसँग बस्न निकै सजिलो भएको बताइन् । उनले भनेकि छिन्, ‘उनी करिब २० घण्टा सुत्छन् । म आफ्नो काम आरामसँग गर्छु । ऊ उठ्ने बित्तिकै फिल्म हेर्छ, खान्छ । याे समयमा म मेरो सबै काम गर्छु ।’
दीपिका पनि कम छैनन् । रणवीरले पनि एकपटक भनेका थिए कि बिहेपछि दीपिकाको कठोरताबाट आफू उम्कन नसकेकाे बताए । राति अबेरसम्म घर आउने, खाना नखाई जाने, फोन मिस गर्ने कुरामा रणवीरले गाली खान्छन् ।
क्यामेरामा सक्रिय रहने रणवीर रियल लाइफमा निकै सुस्त छन् । यो खुलासा दीपिकाले सन् २०१९ को निका फेमिना ब्यूटी अवार्डमा एक पटक गरेकी थिइन् । उनले भनेकि छिन्, ‘सबै कुरा गर्न धेरै समय लाग्छ । चाहे त्यो नुहाउने होस्, खाना खान होस्, तयार हुन हाेस् वा सुत्न ।’ रणवीर क्यामेराको अगाडि निकै सक्रिय देखिन्छन् तर घरमा भने उनी निकै अल्छी छन् ।
६ वर्ष एक अर्कालाई डेट गरेपछि रणवीर दीपिकाले विवाह गरेका हुन् । आज पनि रणवीरले दीपिकासँग उत्तिकै ठट्टा गर्छन् ।




