एजेन्सी । निकै रुचाइएको बलिउड चलचित्रको ‘बन्टी और बब्ली’ सिक्वेलबाट अभिषेक बच्चन बाहिरिएका छन् । अभिषेकको स्थानमा अहिले रानी मुखर्जीको अपोजिट सैफ अली खानलाई लिइएको छ । उनी चलचित्रबाट किन बाहिरिए ? यसैको चर्चा चलिरहेको छ ।
उनी चलचित्रबाट बाहिरिनुकाे कारण भनेको ‘धूम ३’ चलचित्रको निर्माणको क्रममा निर्माता आदित्य चोपराबीच भएको विवाद हो । स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, ‘धूम ३ को स्क्रीप्ट अमिर खानको पक्षमा बारम्बार परिवर्तन गरियो । अभिषेकले निर्माता आदित्य चोपरा र निर्देशक विजय कृष्ण आचार्यसँग यसको विरोध गरे पनि बेवास्ता गरियो । यसमा चलचित्रको क्लाइम्याक्सले अन्तिम वारको काम गर्यो । जब अभिषेक त्यसको सुटिङका लागि सुटिङ स्थलमा पुगे, चलचित्रको पुरै क्लाइम्याक्स नै उनलाई थाहा नै नदिइ परिवर्तन गरिएको थाहा पाए । त्यसपछि अभिषेक क्रुद्ध बने र आदित्यलाई अब फेरि ‘धूम’ चलचित्रमा काम नगर्ने बताए ।’
यता, अभिषेकको विरोध आदित्यलाई चित्त बुझेन । त्यसयता, दुईबीच शीतयुद्ध जस्तै अवस्था रहेको छ । बन्टी और बब्ली–२ अभिषेकलाई अफर गरिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे । उता, सन् २००६ मा आएको ‘बन्टी और बब्ली’ पछि आदित्य चोपराकी श्रीमतीसमेत रहेकी रानी मुखर्जीसँग पनि अभिषेकको बोलचाल छैन ।




