एजेन्सी । मनोरञ्जन क्षेत्रमा बिहेको सिजन सुरु भएको छ । राजकुमार राव–पत्रलेखाको विवाहपछि तिन्सेल टाउनकी चर्चित अभिनेत्री श्रद्धा आर्यले बिवाह गरेकि छिन् । टिभी शो कुण्डली भाग्यकी प्रीता अब वास्तविक जीवनमा दुलही बनेकि हुन् ।
उनले १६ नाेभेम्बरमा दिल्लीका राहुल शर्मासँग लगनगाँठाे कसेकि हुन् । यो जोडीले दिल्लीको एरोसिटीको अन्दाज होटलमा विवाह गरेका हुन् । श्रद्धा आर्यको बिवाह समारोहका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन् । टिभी जगतका उनका नजिकका साथीहरु श्रद्धाको बिवाह समारोहमा सहभागी भएका थिए ।
उनकाे शाे कुण्डली भाग्य निकै चर्चित छ । दुलही बन्दा उनी निकै सुन्दर देखिएकि छिन् ।




