एजेन्सी । पछिल्लो एक दशक यताकै सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १०० मिलियन फ्यान फ्लोइङ पाएका छन् । सोमबार राती इन्स्टामा विराटका फ्यान १०० मिलिएन पुगेपछि उनलाई बधाईको ओइरो लागेको छ ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली इन्टाग्राममा एक सय मिलियन फलोअर्स पुर्याउने पहिलो क्रिकेटर बनेका छन । साथै उनी सोसियल मिडियामा एक सय मिलियन फलोअर्स हुने पहिलो एशियन सेलिब्रेटी बनेका छन् ।
यसअघि पनि कोहली ७५ मिलियन फलोअर्स इन्स्टाग्राम हुने पहिलो एशियन सेलिब्रेटी थिए । यसका साथै उनले पप स्टार मिडी लोभाटोलाई पनि पछि पारेका छन् । उनको ९९ मिलियन फलोअर्स छन् । यतिमात्र होइन, कोहलीको इन्स्टामा फलोअर्स रियाल मड्रिड र बार्सिलोना भन्दा धेरै भएको छ ।
रियालको ९५ मिलियन फलोअर्स छन् भने बार्सिलोनाको ९४ मिलियन फलोअर्स छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ट्वीट गर्दै विराट १०० मिलिएन फ्यान पाउने चौथो खेलाडी तथा समग्रमा सातौ व्यक्ति रहेको बताएको छ । जसमा तीन जना फुटबलर छन् । ती हुन्, मेस्सी, रोनाल्डो र नेयमार ।
रोनाल्डोका भने इन्स्टामा ५०० मिलिएन फ्लोअर छन् । त्यस्तै हलिउड अभिनेत्री किम कादर्शियन र ड्यानी जोनसनका पनि १०० भन्दा बढी फ्यान फ्लोइङ छन् । यो सूचीमा अब भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली समावेश भएका छन् ।
क्रिकेटमा रिसालु क्रिकेटरका रुपमा चिनिएका कोहली भारतीय अभिनेत्री अनुष्का शर्मासँग प्रेम र विवाह गरेपछि झन् चर्चामा आएका थिए । भारतीय क्रिकेटमा सचिन तेन्दुलकर र धोनी सर्वाधिक मन पराइने क्रिकेटर हुन् । उनीहरु शान्त र उत्कृष्ट छन् । उनीहरुका तुलनामा विराट रिसालु भएपनि उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको कमी छैन् ।






