एजेन्सी । आज शिल्पा शेट्टी र राज कुन्द्राकाे बैवाहिक वर्षगाँठ । वैवाहिक वर्षगाँठको मौकामा शिल्पाले श्रीमान् राज कुन्द्राका लागि एउटा सुन्दर पोस्ट सेयर गरेकी छिन् । राजका लागि लेखिएका शिल्पाको मेसेजले केही समयमा नै धेरैको ध्यान आकर्षित गरेको छ ।
शिल्पा शेट्टी र राज कुन्द्राको विवाह सन् २००९ मा भएको थियो । शिल्पाले लेखेकी छिन्, ‘१२ वर्ष अघि यहि मौकामा हामीले एक–अर्कालाई सुख, दुःखमा साथ दिने, प्रेम र विश्वासको बचन दिएका थियौं । साथै, हामीले भगवानसँग हरेक दिन बाटो देखाउन पनि भनेका थियौँ । १२ वर्ष । ह्याप्पी एनिभर्सरी कुकी (राज कुन्द्रा) ।’
विवाहको वर्षगाँठको पोस्टमा शिल्पा शेट्टीले उनका सबै प्रशंसक र शुभचिन्तकलाई धन्यवाद व्यक्त पनि गरेकी छिन् ।
केही महिना अघि जब राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा थिए तब शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर थियो । भारतीय सञ्चार माध्यमले विभिन्न अड्कलबाजी गरिरहेका थिए । उनका नजिकका साथीहरूले पनि सम्बन्धविच्छेद गर्ने साेच बनाएकाे खुलाएका थिए ।




