एजेन्सी । फिल्म निर्माता रोहित शेट्टीले एक अन्तर्वार्तामा आफ्नो बलिउड यात्राबारे कुरा गरेका छन् । अन्तर्वार्ताका क्रममा उनले आफ्नो करियरको सुरुवाती दिनहरूमा गरेका संघर्षहरु सम्झिए । काम गर्न थालेपछि ३५ रुपैयाँ कमाउने गरेको रोहितले बताए । उनी गर्मी मौसममा समेत फिल्मको सेटमा करिब दुई घण्टाको बाटो हिँडेर आउँथे ।
रोहितले भने, ‘वास्तवमा यो सजिलो यात्रा थिएन । मानिसहरू सोच्छन् कि म चलचित्र क्षेत्रबाट आएको हुनाले मलाई सजिलो भएको हुनुपर्छ । जब मैले काम गर्न थालेको थिएँ, मलाई जम्मा ३५ रुपैयाँ मात्रै मिल्थ्यो । यात्रा वा खानामध्ये एक छान्नुपर्ने अवस्था थियो । त्यतिबेला मलाई स्ट्रीट फूड धेरै मन पर्थ्यो ।’
रोहितले थप भने, ‘हामी सान्ताक्रूजमा बस्थ्यौँ । त्यसपछि हामी हजुरआमाको घर दहिसरमा बस्यौँ । त्यतिबेला म आर्थिक रूपमा निकै समस्यामा थिएँ, त्यसैले हामीसँग बस्नको लागि घर थिएन । मेरी हजुरआमा दहिसरमा बस्नुहुन्थ्यो, त्यो निकै टाढा थियो । त्यसैले म हिँडेरै काममा पुग्थेँ । त्यहाँ पुग्न मलाई डेढ देखि दुई घण्टा लाग्थ्यो ।’
रोहित शेट्टी अभिनेता, एक्शन कोरियोग्राफर एमबी शेट्टीका छोरा हुन् । उनले सन् २००३ मा आएको फिल्म ‘जमीन’ बाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गरेका थिए । रोहितले गोलमाल फ्रान्चाइजी र उनको कप ब्रह्माण्डबाट फिल्महरू बनाएका छन् । उनले ‘बोल बच्चन’ (२०१२), ‘चेन्नई एक्सप्रेस’ (२)१३) र ‘दिलवाले’ (२०१५) लगायत धेरै फिल्महरू निर्देशन गरे ।




