एजेन्सी । क्याट्रिना कैफ र विक्की कौशलको विवाह समारोह डिसेम्बर ७ देखि डिसेम्बर १२ सम्म चल्नेछ । बिवाह समाराेहमा दुबैका धेरै नजिकका साथीहरु सहभागी हुनेछन् । यद्यपी सलमान खान भने बिवाह समाराेहमा उपस्थित हुने छैनन् ।
सलमानका एक नजिकका साथीले भने, ‘सलमान आफ्नो सुटिङमा व्यस्त छन् । जे होस्, अहिलेसम्म औपचारिक निमन्त्रणा आएको छैन । अहिलेसम्म न त कट्रिनाले यसबारे चर्चा गरेकी छन् न त खान परिवारका कुनै सदस्यलाई निम्तो दिएकी छन् । यस्तो अवस्थामा उनीहरुको विवाह कहिले हुन्छ भन्ने टुंगो छैन । मिति विवादका कारण सलमानले विवाहपछिको रिसेप्सनमा सहभागी हुने निर्णय गरेका छन् ।’
ती साथीले सलमानको व्यस्तताको खुलासा गरेका छन् । उनले भने, ‘सलमान ७ र ८ डिसेम्बरमा मुम्बईमा ‘टाइगर ३’ को सुटिङ गर्दैछन् । डिसेम्बर ९ मा सलमान रियाद जानेछन् । त्यहाँ उनले १० डिसेम्बरसम्म दबंगको कार्यक्रम आयोजना गर्ने छन् । डिसेम्बर ११ मा फर्किएपछि अभिनेता ‘बिग बोस १५’ को सुटिङमा व्यस्त हुनेछन् । यस्तो अवस्थामा उनी कट्रिनाको बिवाहमा सहभागी हुन्छन् या हुँदैनन् भन्न सकिन्न ।’
कट्रिना कैफ दबंगको हिस्सा होइनन् । साथै, डिसेम्बर ७, ८ र ९ मा उनको ‘टाइगर ३’ को सुटिङको समयतालिका आउन बाँकी छ ।
विक्की कौशल र क्याट्रिना कैफको बिहे डिसेम्बर ५ देखि ७ सम्म सवाई माधोपुरको सिक्स सेन्स फोर्ट होटलमा हुने भएको छ । दम्पतीले किल्लाको बुकिङ कन्फर्म गरेका छन्, त्यसपछि यो वीआईपी विवाहको तयारी सुरु भएको छ । विवाहको खबर बाहिरिएपछि अब यो जोडीले विवाह स्थलको सुरक्षा पनि बढाएको छ । विवाहको ३ दिनको सुरक्षाका लागि दम्पतीले १५ लाख रुपैयाँ खर्च गरेका छन् ।




