एजेन्सी । बिगबोस-१४ की विजेता तथा अभिनेत्री रुबिना दिलैकको तौल बढेकाे छ । काेभिड संक्रमणपछि उनकाे ताैल बढेकाे हाे । उनका धेरै फ्यानहरूले उनकाे ताैल बढेपछि नकारात्मक टिप्पणी गरिरहेका छन् । कतिले ट्राेल गरिरहेका छन् त कतिले घृणायुक्त म्यासेज पठाइरहेकाे रूविनाले खुलाएकी छिन् ।
उनले फ्यानकाे नकारात्मक टिप्पणीकाे जवाफ दिएकी छिन् । ‘प्रिय शुभचिन्तकहरू, मेरो बढेको तौलले तपाईँहरूलाई सताएको देख्छु । तपाईँले मलाई घृणायुक्त मेल र सन्देशहरू लगातार पठाइरहनु भएको छ । यदि मैले कुनै पीआर भाडामा लिएको छैन वा यदि मैले स्वतन्त्र हिँडेका फाेटाेग्राफरलाई टिप्स दिइन भने तपाईंले मेरो क्षमता देख्नुहुन्न । मलाई फ्यान छाडिदिने धम्की दिइरहनु भएकाे छ । किनकी अहिले म मोटी भइसकेकी छु, राम्रो लुगा लगाउँदिन र ठूला प्रोजेक्ट हाँसिल गर्नको लागि कडा मेहनत पनि गरिनँ ।’
अभिनेत्रीले थप लेखेकी छिन्, ‘म धेरै निराश छु कि तपाईँको लागि मेरो प्रतिभा र मेरो कामप्रतिको प्रतिबद्धता भन्दा मेरो शारीरिक रूप महत्त्वपूर्ण छ । यो मेरो जीवन हो र यसमा धेरै चरणहरू छन् र तपाईं पनि मेरो जीवनको एक हिस्सा हुनुहुन्छ । म मेरा फ्यानहरूलाई सम्मान गर्छु, त्यसैले आफूलाई मेरो फ्यान नभन्नुहोस् ।’
हालै रुबिनाले एक पोस्ट मार्फत् आफ्नो बढेको तौलको बारेमा सेयर गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘म को हुँ भन्ने कुरा परफेक्ट शरीर वा पातलो शरीरले तय गर्दैन भन्ने थाहा पाएपछि मैले आफूलाई माया गर्न सिकिरहेको छु । म आफूलाई प्रेम गर्न सिकिरहेकी छु भन्ने जानेपछि मलाई पर्फेक्ट शरीर या पातलो शरीरले म को हुँ भन्ने कुराको निर्धारण गर्दैन । कोभिड निको भएपछि मैले ७ किलो तौल घटाएँ, जसले मलाई धेरै असहज र कम आत्मविश्वासी बनायो ।’




