एजेन्सी । धेरै बलिउड अभिनेत्रीहरूले सम्बन्धविच्छेदअघि वा सम्बन्धविच्छेदपछि आफ्नो नामबाट पतिको थर हटाउने गरेका छन् । जानौँ को हुन् ती अभिनेत्रीहरु ।
सामन्था रुथप्रभु – दक्षिणी फिल्म उद्योगका चर्चित जोडी सामन्था अक्किनेनी र नागा चैतन्यले यसै वर्ष सम्बन्धविच्छेद गरेर सबैलाई चकित पारे । सम्बन्धविच्छेद भएको केही समयपछि अभिनेत्रीले आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्टबाट श्रीमानको थर हटाइन् ।
सामन्थाले विवाहदेखि नै अक्किनेनी उपनाम प्रयोग गरिरहेकी थिइन्, तर सम्बन्धविच्छेदपछि उनले आफ्नो सामाजिक सञ्जाल प्रयोगकर्ता नाम सामन्था अक्किनेनीबाट बदलेर सामन्था रुथप्रभु राखिन् ।
सामन्थाले सामाजिक सञ्जालबाट पतिकाे थर हटाउने बेलासम्म उनीहरू दुवैले सम्बन्धविच्छेद भएकाे खुलाएका थिएनन् । मिडियामा अड्कलबाजी हुन थालेपछि मात्रै उनीहरूले डिभाेर्स गरेकाे स्वीकारेका हुन् ।
मलाइका अरोरा – बलिउड अभिनेत्री तथा छैया–छैया गर्ल मलाइका अरोराले सन् २०१७ मा अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेद भएको करिब डेढ वर्षपछि मलाइकाले आफ्ना पति अरबाज खानको उपनाम खान आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्टबाट हटाइन् । विवाहपछि अभिनेत्रीले युजरनेम मलाइका अरोरा खान राखेकि थिइन् ।
सुजैन खान – सन् २००४ मा ऋतिक रोशनसँग विवाह गरेपछि सन् २०१४ मा सुजैन खानको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद हुनुअघि सुजैनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा श्रीमानकाे नाम प्रयोग गर्थिन्, तर सम्बन्धविच्छेदपछि अभिनेत्रीले यसलाई आधिकारिक बनाएर नामबाट रोशन हटाइन् ।




