एजेन्सी । हलिउड अभिनेता विल स्मिथ आफ्नो जीवनीका कारण सामाजिक सञ्जालमा चर्चामा छन् । स्मिथले आफ्नो जीवनीमा दावी गरे अनुसार उनको प्रेमिकासँग ब्रेकअपपछि एक समय थियो, त्यतिबेला उनको धेरै महिलाहरुसँग याैन सम्बन्ध थियो र उनी बिरामी परे ।
विल स्मिथ (५३) को यो पुस्तक यस महिनाको सुरुमा जारी गरिएको थियो, जसमा अभिनेताले आफ्ना सम्झना र अनुभवहरू साझा गरेका छन् । पुस्तकमा स्मिथले मेलानी नामकी केटीसँग १६ वर्षको उमेरमा सम्बन्धको अन्त्य गरेपछि, ‘म व्यापक यौन सम्बन्ध’ निर्माण गर्न लागेँ भनेका छन् । विल स्मिथले भने, ‘ब्रेकअप मेरो लागि एकदमै असहनीय भयो । त्यसपछि मैले धेरै महिलासँग सम्बन्ध राख्न थालेँ । जसका कारण मलाई साइकोसोमेटिक डिसअर्डर भयो । सेक्सपछि धेरै पटक उल्टी हुन्थ्यो ।’
आफ्नो ब्रेकअप पछिको अनुभवको बारेमा अभिनेताले लेखे, ‘मलाई राहतको खाँचो थियो, किनकि दिल टुटेकाे कुनै औषधि छैन । मैले शपिंग र मास-फर्मिङ थेरापीको सहारा लिएँ । जब म मेरो पहिलो प्रेमिकासँग सम्बन्धमा थिएँ, म एक अर्की महिलासँग मात्र सम्बन्धमा थिएँ, तर ब्रेकअप पछि त्यो पूर्ण रूपमा परिवर्तन भयो । त्यसपछिका केही महिनाहरूमा मैले यति धेरै महिलाहरूसँग यौनसम्पर्क गरेँ कि एक बिन्दुमा म बिरामी पनि भएँ ।’
यद्यपि, विलले उन जति प्रयास गरे पनि पुरानाे सम्बन्ध सुध्रिन सकेन । यति धेरै मानिससँग सम्बन्ध बनाएपछि पनि उनले चाहेको पार्टनर पाएनन् । अहिले उनी विल विवाहित छन् । उनले दुईवटा विवाह गरिसकेका छन् । विलले जेडा पिन्केट स्मिथसँग दोस्रो विवाह गरेका थिए, जो अहिले विलकी पत्नी हुन् ।
उल्लेखनीय छ, स्मिथ लामो समयदेखि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । उनले हालै आफ्नो युट्युब सिरिज ‘बेस्ट शेप अफ माई लाइफ’ मा आफ्नो जीवनसँग सम्बन्धित केही चकित पार्ने खुलासा गरेका छन् । जसमा विल स्मिथले आफ्नी आमासँग भएको घरेलु हिंसाको उल्लेख गरेका छन् । आफ्नी आमालाई बाबुको नराम्रो व्यवहारबाट बचाउन नसकेकोमा आफू दोषी रहेको पनि उनले बताए । उनका अनुसार एकपटक बुबाले आमालाई मुक्का हाने । जसका कारण आमाको मुखबाट रगत आएको थियो ।




