एजेन्सी । भारतीय सञ्चारमाध्यममा यतिबेला बलिउड अभिनेत्री कैट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन् । स्रोतको हवाला दिँदै यी जोडीको विवाह छिट्टै हुन लागेको बताइएको छ ।
तर यी जोडीले हालसम्म विवाह बारे कुनै धारणा बाहिर ल्याएका छैनन् । समाचार अनुसार विवाहको तयारी अन्तिम चरणमा पुगेको छ । विवाह समारोहलाई भब्य बनाउन विभिन्न इभेन्ट कम्पनीहरुको आ-आफ्नो काम थालिसकेको बताइएको छ ।
यी जोडीको विवाह राजस्थानको सवाई माधोपुरमा हुने बताइएको छ । विवाहका लागि त्यहाँ बुकिङसमेत भइसकेको बताइएको छ । समाचार अनुसार विवाह समारोह डिसेम्बर ७ देखि ९ सम्म आयोजना हुनेछ ।




