एजेन्सी । कट्रिना कैफ र विक्की कौशलले आफ्नो बिहेको आधिकारिक घोषणा गरेका छैनन् । तर अब विक्की र कट्रिनाको विवाहको बारेमा नयाँ अपडेट आएको छ । यो अपडेटपछि प्रश्न उठिरहेको छ कि विक्की कौशलकी बहिनीले किन भनिन् बिहेको खबर अफवाह मात्र हो ?
अहिले राजस्थानमा दुवैले विवाह गर्दैछन् र राजस्थानको सवाई माधोपुरमा शाही विवाहको सम्पूर्ण तयारी पूरा भएको छ । आउने पाहुनालाई कुनै समस्या नहोस् भनेर ८–१० होइन ४५ वटा होटलको व्यवस्था गरिएको छ ।
४० भन्दा बढी होटलहरू बुक
कट्रिना कैफ र विक्की कौशलको विवाहका बारेमा विभिन्न खबर सार्वजनिक भइसकेका छन् । ईटाइम्सको एक रिपोर्टका अनुसार कट्रिना कैफ र विक्की कौशलको विवाहको लागि ४० भन्दा बढी होटलहरू बुक गरिएको छ ।
तीन दिनसम्म चल्नेछ विवाह समारोह
एक रिपोर्टका अनुसार डिसेम्बर ७ देखि पाहुनाहरु विवाह स्थलमा आउन थाल्ने छन् । कट्रिना र विक्की चाहँदैनन् कि विवाहमा कुनै पनि प्रकारको समस्या नहोस्, यसका लागि एकभन्दा बढी व्यवस्था गरिएको बताइएको छ ।
सलमान खान बिहेमा सहभागी हुने !
रिपोर्टका अनुसार यो विवाहमा सलमान खान पनि सहभागी हुन सक्नेछन् । डिसेम्बर ७/८ मा होइन डिसेम्बर ९ मा उनी यो विवाहमा सहभागी हुन सक्ने बताइएको छ ।
को को हुँदैछन् सहभागी ?
भर्खरै एउटा पाहुनाको सूची सार्वजनिक भएको थियो । पाहुनाको सूचीमा क्रिकेटर विराट कोहली र अनुष्का शर्मासँगै शशांक खेतान, करण जोहर, फराह खान, वरुण धवन, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कबीर खान लगायत बलिउडका कलाकारहरु सहभागी हुने बताइएको छ । रणथम्बोरका होटलहरू धेरै ठूला नभएकाले बलिउडका धेरै सेलिब्रेटीहरूको बसाइका लागि ४० भन्दा बढी होटल बुक गरिएको बताइएको छ ।
विवाहमा २०० अतिथिहरू हुनेछन् उपस्थित
मिडिया रिपोर्टका अनुसार कट्रिना र विक्कीको टोली आफ्नो हवाई टिकट बुकिङमा र विवाहमा सहभागी हुन आउने सबै पाहुनाका लागि बासको व्यवस्था गर्न व्यस्त छन् । रिपोर्टका अनुसार विक्की–कट्रिनाको विवाहमा करिब २०० पाहुना आउनेछन् ।
बहिनीले भनिन् बिहेको खबर अफवाह
अभिनेताको कजिन सिस्टर डा. उपासना वोहराले विक्की कौशल र कट्रिना कैफको विवाहको बारेमा चकित पार्ने खुलासा गरेकी छन् । उनले दुवैको विवाहको बारेमा जुनसुकै समाचार आइरहेका छन्, त्यो अफवाह मात्र भएको बताएकी छन् । उनले भाइको बिहेको खबर मिडियामा आएको जस्तो डिसेम्बरमा हुने भनेको हल्ला मात्र भएको बताएकी छन् । उनले हालै भाइसँग कुरा गरेको पनि बताएकी छन् ।




