काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८:३० बजेदेखि सुरु हुने ‘नेपाल आइडल’ ४ का उद्घोषक आसिफ शाहले जानकारी दिएका छन् ।
यस सिजनको मुख्य प्रायोजकका रूपमा कोका–कोला रहेको छ । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक थियो । नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू समेत थपिएका छन् ।
यस्तै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन् । उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन् । करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ ।




