काठमाडौं । लोकप्रिय हास्यकलाकार विल्सन राई ‘तक्मेबुढा’ दोस्रो सन्तानको बाबु बनेका छन् । पहिलो सन्तान एक छोराको पिता राईले दोस्रो सन्तान छोरी जन्मिएको खबर खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार जानकारी दिएका हुन् । निकै खुशी हुँदै राईले सन्तानको रुपमा छोरी पाउँदा भाग्यमनी महसुस भएको बताएका छन् ।

उनले लेखेका छन्, “आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो मलाई छोरीको बाबु र मेरो जिवनसाथी लाई छोरीको #आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु 😍😍 मेरो छोरी #सभ्यता_बि_राई स्वागत शुभ आशिर्वाद #Babygirl 😍😍💐💐 #WBRBRO”






