काठमाडौं । कवियत्री तथा गीतकार गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भेटुवालको शब्द, रचना तथा संगित रहेको छ । उक्त गीतको भिडिओमा भने भेटुवालकी छोरीसमेत रहेकी नायिका एलिजा गौतमले अभिनय गरेकी छिन् ।
भानु ओलीले निर्देशन गरेको उक्त भिडिओ दिनेश पराजुलीले छायांकान गरेका हुन् । गीतमा आमाको महिमा बारे प्रकाश पारिएको छ । म्युजिक नेपालमार्फत उक्त गीतको भिडिओ सार्वजनिक गरिएको हो ।




