सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ५ निवासी अन्तर्राष्ट्रिय बडि विल्डर्स खेलाडीलाई स्थानियले सम्मान गरेका छन् । नेसनल बडि विल्डिङ युनियन ईन्टरनेसनल बडि विल्डिङ स्पोट प्रतियोगितामा तृतिय स्थान हासिल गरेका लालबन्दी नगरपालिका ५ का सुरेन्द्र महतो ९नेपाली टाईगर० लाई स्थानीयले सम्मान गरेका छन् ।
भारतको दिल्लीमा भएको विश्व स्तरिय प्रतियोगितामा ९ देशको सहभागीता रहेको थियो । जसमा महतो तृतिय भएका थिए । एसियामा तृतिय स्थान ल्याउन सफल भएका महतोले विश्वभरको प्रतियोगितामा तृतिय स्थान हासिल गरेका हुन् ।
लालबन्दी नगरपालिका ५ का ३७ वर्षिय महतो एसियामा तृतिय भई नेपाल र नेपालीको सान उच्च राख्न सफल भएको भन्दै स्थानियले सम्मान गरेका हुन् । आफ्नै निवास लालबन्दी नगरपालिका ५ मा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि विजेता महतोलाई सम्मान गरिएको महतोका परिवारजनले बताएका छन् ।
विश्वमा तृतिय स्थान हासिल गरेको भए पनि नेपाल सरकार तथा स्थानिय सरकारले कुनै किसिमको सहयोग नगरेको विजेता महतोले बताउनुभयो । आफुले विश्वमा नेपालको नाम जोगाउन सफल भएको भन्दै उनले आफुलाई धेरै खुसि लागेको बताउनु भयो ।
सबैको साथ सहयोगले आफू सफल भएको बताउँदै खेलाडीहरुलाई नेपाल सरकारले खेल क्षेत्र अनुसारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भयो । अब आफुले अनलाइन मार्फत नेपाली खेलाडी तथा खेल क्षेत्तमा लाग्न चाहने युवाहरुलाई फ्रिमा तालिम दिने बताउनु भयो ।
आफुले करिब १० वर्ष पहिला देखि जिम गर्ने गरेको वडि विल्डिङ बन्ने ईच्छा शक्ति रहेका कारण भारतमा गएर तालिम लिएको बताउँदै नेपाल सरकारले सरकारी तर्फबाट जिम खानाहरुको व्यावस्था गरि निशुल्क जिम खेल्न पाउने व्यास्था गर्नुपर्ने बताउनु भयो ।
आफुलाई विश्व स्तरिय प्रतियोगिता जित्छु भन्ने थिएन, तर जिते भन्दै धेरै खुसि लागेको बताउनु भयो । ९ देशको सहभागीता रहेको प्रतियोगितामा भारतले प्रथम र द्वितीय स्थान पाएको र नेपालले तृतिय स्थान हासिल गरेको थियो ।
खेलकुदमा लगानी गरेर देशको नाम उच्च राख्न सकिने भएकोले सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै आफ्ना सन्ततिलाई पनि खेलकुद क्षेत्रमा लगाउने उहाँको योजना छ । साथिहरु र पारिवारको भरपुर सहयोगका कारण आफू सफल भएको भन्दै उहाँले सबैलाई धन्यवाद समेत दिनुभयो ।




