काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ३८६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २८ जना र ११ देखि २० वर्षका ५५ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २९३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ३११ जना रहेका छन् । ४१ देखि ५० वर्षका १५६, ५१ देखि ६० वर्षका १५० जना, ६१ देखि ७० का ८२ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ७३ जना रहेका छन् । ८० वर्षमाथिका ३३ जना संक्रमित भएका छन् । २ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ४५ हजार २४८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




