काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । शुक्रबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै,दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, शुक्रबार राती भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




