काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी परेपछि उनी अहिले फरार छन् । उनको खोजीमा देशैभर सर्कुलर जारी गरे पनि उनलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।
पलबिरुद्ध एक नाबालिग गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै बुधबार उजुरी दिएकी थिइन् । उनकाे उजुरीपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेकाे हाे । पल भने फरार छन् ।
उनी काठमाडाैंमै रहेकाे पत्ता लागे पनि कुन ठाउँमा छन् भन्ने कुरा भने पत्ता लागेकाे छैन । उनकाे माेबाइल पनि अफ छ ।
उनको खोजीका लागि मोबाइल लोकशन फलो गरेको भएपनि प्रहरीले उनलाई भेट्न सकिरहेको छैन । पलले बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए । उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही अडियाे समेत सार्वजनिक गरेका थिए, जसमा दुर्गेश, पलका म्यानेजर कृष्ण जाेशी, समिक्षाकाे आवाज सुन्न सकिन्छ ।




