काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
आज (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।




