काठमाडौं । अभिनेत्री निता ढुंगाना र उनका प्रेमी ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको विवाह मिति सार्वजनिक भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले यही असार २४ गते विवाह गर्न लागेका हुन् ।
हाल ‘ह्रस्व दीर्घ’ नामक फिल्मको छायांकनका लागि कलाकारसँग सम्झौता गर्न तथा सम्पूर्ण तयारी पुरा गर्नमा व्यस्त रहेका उनीहरुले असार २४ गते विवाह गर्न लागेका हुन् । उनीहरुले फिल्म छायांकनमा साउनमा जाने भएकाले त्यसअघि विवाह गर्ने तयारी रहेको बताइएको छ ।
विवाहको कार्यक्रम काठमाडौंको याक एण्ड यति होटलमा राख्ने तयारी रहेको छ । विवाहमा निकट कलाकार तथा आफन्तसहित उनीहरुको आगामी फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेताका रुपमा प्रवेश गरेका भारतीय कलाकार प्रदीपसिंह रावत पनि आउने बताइएको छ ।




