काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जित्न सफल भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन् ।
मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । ललितपुरको ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा भएको थियो ।
कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यस पटक भने भौतिकरुपमै आयोजना भएको हो । यस पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत अडिसन आयोजना गरिएको थियो ।




