काठमाडौं । आफ्नै सुरमा रमाउने नायक आर्यन सिग्देलले स्वतन्त्र उम्मेदवारलाई साथ दिएका छन् । काठमाडौंको क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेकोमा आर्यनको साथ उनलाई देखिएको हो ।
आकर्षणको उम्मेदवारी घोषणा सभामा सिग्देल पनि उपस्थित थिए । उनले परिवर्तनका लागि युवालाई अघि सार्नु पर्ने तर्क गरे । त्यसैले, आफूले आकर्षणलाई समर्थन गर्नकै लागि बिहान नै उठेर आएको समेत बताए ।
यस वर्ष स्थानीय निकायको निर्वाचनदेखि नै कलाकारहरु कोही न कोही उम्मेदवारसँग नजिक देखिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उम्मेदवारी दिएपछि नेपाली फिल्मका कलाकारहरुले खुलेरै समर्थन गरेका थिए ।




