काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरूको विवाह भएको हो ।

उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता रहेको थियो । नीताले आफ्नो विवाहको फोटो फेसबुकमा सार्वजनिक गरेकी छन् ।

नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए । उनीहरूको विवाहलाई लिएर थुप्रै शुभचिन्तकले शुभेच्छा र शुभकामना प्रकट गरिरहेका छन् । हाम्रो तर्फबाट पनि नीता र हरिहरलाई वैवाहिक जीवनको शुभकामना !




