काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । आज शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षा र मेघगर्जन र चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने विभागले जनाएको छ ।




