काठमाडौं । आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढीपहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।




