रौतहट । रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दैनिक पाँच देखी सात जना कुकुरले टोकेका बिमारी आउने गरेका छन् । कुकुरले टोकेको उपचारमा प्रयोग हुने एन्टी रेबिजभ्याक्सिन नभएका कारण उनीहरु उपचार नपाइ फर्कने गरेका छन् ।
सरकारी स्वास्थ्य संस्थामा एक सयमा लगाउन पाइने एन्टी रेबिज भ्याक्सिन निजि अस्पातलमा एउटाको पाँच देखी सात सय सम्म तिर्नुपर्ने बाध्यता रहेको छ । चन्द्रनिगाहपुरमा मात्र नभई जिल्लाभरीका सरकारी स्वास्थ्य संस्थामा एन्टी रेबिज भ्याक्सिनको अभाव रहेको छ ।
रौतहटका सरकारी स्वास्थ्य संस्थामा जनकपुर वीरगज लगाएतका सरकारी अस्पतालबाट एन्टी रेबिज भ्याक्सिन ल्याइने गरेकोमा ती स्थानमा समेत भ्याक्सीन नभएका कारण बिरामी फर्काउनु पर्ने बाध्यता रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालका डा. अभिनन्दन श्रीवास्तवले बताए ।
जनकपुर स्थित प्रादेशिक अस्पतालमा एक सातादेखि एन्टी रेविज भ्याक्सिनको अभाव छ । प्रादेशिक अस्पतालमा दैनिक कुकुर, स्याल, बिरालो, बाँदरले टोकेका बिरामी आउने गरेका छन् । भ्याक्सिन करिब दुई महिनादेखि अभाव रहेको र जसको कारण मधेश प्रदेशका सरकारी अस्पतालहरुमा भ्याक्सिनका अभाव भएको बताइएको छ ।




