बारा । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले विलबिजक भन्दा बढीको सामानहरु बोकेर आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगंजबाट रौतहट तर्फ जाँदै गरेको ना ३ ख ४४९१ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै पथलैया चोकमा विशेष सूचनाको आधारमा वीरगंजबाट रुपन्देही तर्फ जाँदै गरेको वा प्र ०३-००१ ख २३११ नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढीको खुद्रा सामानहरू रहेको ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




