काठमाडौं । यस वर्ष दशैंको मुख्य दिनहरूमा मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । भोलि मंगलबारदेखि देशका मध्य र पूर्वी भेगमा पानी पर्ने र एक दुई दिन रोकिएर अर्को हप्ताको सोमबारदेखि बुधबारसम्म पुनः वर्षाको सम्भावना रहेको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अनुसार अर्को बुधबार अर्थात् कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैंका मुख्य दिनहरूमा पानी नपर्ने अनुमान गरिएको छ । यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।
देशको पश्चिमी भागबाट बाहिरिएको मनसुन औसतमा एक हप्तासम्म देशको सम्पूर्ण भू-भागबाट बाहिरिने प्रवृत्ति रहेकोले दशैं सुरु हुनुअघि नै यो वर्षको मनसुनले पूर्णरूपमा बिदा लिइसक्ने छ । यस वर्षको दशैं असोज २८ गतेदेखि सुरु हुँदैछ । घटनास्थापना २८ गते र विजयादशमीको टीका कात्तिक ७ गते रहेको छ ।




