धनुषा । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् ।
कर्मचारीहरुले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताएका छन् । जिल्ला हुलाक कार्यालयमा ५० जना बढी कर्मचारी रहेका छन् । उनीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।




