काठमाडौं । सरगम राईको शब्द तथा संगीतमा ‘नजाउ टाढा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक सुजन सापकोटाले स्वर भरेका छन् ।
सरगम राईको यस अगाडि ‘खुशी साटौ जुनी काटौ’, ‘माया गाढा छ’, ‘पाती चढाउला’, ‘दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन् । भिडियोको निमार्ण आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
प्रेम र रोदन बीचको पिडालाई गीतमा समावेश गरिएको छ । युवा वर्गमा लोकप्रिय भएकी पवी सार्की र मोडल तथा हास्य कलाकार सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । गीतलाई ‘कोशिश’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ । दिनेश पराजुलीको छायाँकन, विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो ।




