काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् । ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो ।
देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो !!अमेरीकामा किन राखेको ?
— Rekha Thapa Actor (@rekhafilms) January 27, 2024
उनी बारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् । ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’
राष्ट्रवादी हुने अभियानको पछील्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ्ग परे पछी, बिरालाहरु खाबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनी जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतीकता कस्तो हो कुन्नी ?
— Rekha Thapa Actor (@rekhafilms) January 27, 2024




