एजेन्सी । भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनको टिमले आधिकारिक बयान जारी गरेको छ ।
फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कार सम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।
सन् २०११ मा क्रिकेट विश्वकप फाइनल अघि भारतले फाइनल खेल जित्यो भने सारा कपडा उतारिदिन्छु भन्ने एउटा भिडियोका कारण उनी चर्चामा आएकी थिइन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् ।




