बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ का ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिकाको ज्यान गएको हो ।
चन्द्राको घटनास्थलमै र दीपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको हो । गर्मीले गर्दा घर बाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।






