काठमाडौं । अभिनेत्री नन्दिता केसी आजदेखि वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । शनिबार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौंको एक होटेलमा आयोजना गरिएको हो । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्त लगायत उपस्थित थिए ।
विवाह अगाडि बिहिबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाह लगायत सेलिब्रेटीको उपस्थिती रहेको थियो ।
नन्दिताले केहि समय अघि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह हुने जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गरेका हुन् ।
नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केहि दिनअघि काठमाडौं आएका थिए । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’ ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।




