काठमाडौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ति मल्लको आवाजमा रहेको ‘भेट घाट छैन’ गीतको भिडियो सार्वजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत एवम् रिकेश गुरुङको एरेन्ज गीतमा रहेको छ ।
गायिकाले आफ्नो मायालुलाई भेटन नपाएको गुनासो गरेकी छन् । आफ्नो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ ।
ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन, पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ, आहाना र आरसी मैनालीको अभिनय रहेको छ ।




