काठमाडौं । मेनुका राईलाई आफ्नै तरिकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफूलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।
नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखि रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको विषय ।
शाक्रिय संगीतमा गहिरो अनुभव बटुलेकी राई कलेजमा एच्छिक विषय संगितमा डोरेमी संगीत पाठशालामा गुरुदेव कामत, दिपक हामजाम, प्रकाश गुरुङ, कैलाश राई लगायत नेपाली संगीतका अग्रज गुरुहरुबाट शास्त्रिय र आधुनिक संगीतको ज्ञान बटुलेकी छन् ।
आफूलाई संगीतको विधामा रुचाउने मेनुका बाल्यकालमा आमाको स्नेहबाट गीत संगीतमा होमिएको उनी बताउछिन् । सक्रिय रहन यस बारे बुझ्न जरुरी ठानेर यसकै अध्ययन पनि गरिन् । उनको आमा भैशोभा राईको रहर पनि कलाकारिताबाटै छोरीले नाम कमाए हुन्थ्यो भन्ने थियो ।
बुवा रुद्र राई पनि छोरीले केहि न केहि गरेर नाम कमाओस् भन्ने नै थियो । मेनुका घरको जेठी छोरी भएकाले पनि घरको जिम्मेवारी थियो । आमाबाबुको मीठो लाडप्यारमा हुर्किएकी मेनुकामा पनि समयक्रमले संगीतको रहर जगाउँदै लाग्यो । यसैले पनि उनी संगीतमै रमाएकी छन् ।
बालापनमै संगीत छिरेको थियो उनीमा । स्कुल पढ्दै गायनमा रहर जागेको थियो मेनुकालाई । खोटाङ जिल्ला बुइपाको ग्रामिण भेकमा जन्मिएर पनि ग्रामिण परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा, आफ्नो आवाज त्यसै गरि प्रशारण गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्थ्यो ।
अझ बुबाले पनि बेला बेलामा छोरी टिभीमा पनि यसरी नै गीत गाईरहेको हेर्न पाए हुन्थ्यो भन्ने बोलीले उनमा उर्जा थपिन्थ्यो – सोच्थिन् कुनै दिन बुबाको इच्छा पनि । पढ्दै कमाउन पर्ने अवस्था आयो । तैपनि उनी निराश भने भइनन् । किनभने उनमा संगीतको भूत सवार भैसकेको थियो ।
ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनि संगीत प्रतिको मोह र गायनको बारेमा मोह बढ्दै गयो । आफ्नो उच्च शिक्षा पुरा गर्ने चाहनाका साथ एसएलसी पछि आफ्नो पढाइलाई अगाडि बढाउनको लागी काठमाडौंको यात्रा तय गरिन ।
काठमाडौं आएर पनि उनले आफ्नो कान्छो काका उनको शैक्षिक तथा सांगितिक अध्ययन र काठमाडौं बसाईमा सदैव साथ र सहयोग पुयाए । आमाको रहर पुरा गराउन लागि नै किन नहोस् आफ्नो रहर मेटाउन पनि संगीत सिक्न थालिन् उनले । कलानिधि संगीत विद्यालयबाट संगीतको अध्यनन पुरा गरिन् मेनुकाले ।
काठमाडौंमा आफ्नो काकाले दिएको साथ र सहयोगले उनलाई संगीत कर्ममा उर्जा थपियो । रेकर्डिङमा पनि उनी अग्रसर हुन थालिन् । रहरै रहरमा उनले पहिलो गीत रेकडिङ २०६४ सालमा गरिन । आफ्नो इच्छा पुरा गराउन उनि गायनमा आइन् । टिभीदेखि रेडियो सबैतिर उनका गीत बज्न थाले । नेपालमा संगितले मात्र पाल्न सक्ने अवस्था नरहेको भएपनि विगत लामो समय देखि उनी संक्रिय रुपमा लागि परेकीछन् ।
माया आरिसे १२३ लाइफ लगायतका एल्वममा उनको स्वर रहेको छ । भुटेको मकै, जुनी जुनीसम्म, इसाराले, यो छोरीलाई, नौ डाडाँ पारि, पानी है मिठो यारी खोलाको, सुन माया सुन, ढल्कियो जोवन, सोलु सल्लेरी लगायत करिव ४ दर्जन गीतमा उनको आवाज सुन्न सकिन्छ ।
संगीतको शोख रहेर आफ्नो बाचामा तलिन बनेकी मेनुकाका सिर्जनामा संस्कार सस्कृति र मौलिक पनको आभास पाइन्छ । गायन उनको शौखको पाटो हो । आफ्नै लगानीमा हरेक साल मौलिक तथा आधुनिक गीत विभिन्न अवसरमा गीत रेकर्ड गराएर श्रोता माझ ल्याउँछिन् ।
हरेक साल एउटा न एउटा गीत निकाल्दै आएकी छिन् । यो क्रम टुटेको छैन । पुर्वेली गीत रोजाई त हो तर उनको सांगीतीक यात्रा भने जारी छ । यस वर्ष पनि उनका केहि गीत रेकर्ड भैसकेको छ भने केहि गीतहरु केहि दिनमै रिलीज हुने तरखरमा छन् ।
३ वटा बनाईसकेकी छिन् भने अरु ४ दर्जन गीत पनि यिनका छन् । आधुनिक र पुवेली भाकाबाट इमेज अवार्ड, विध्यावासिनी म्यूजिक अवार्ड, नेशनल आर्ट एण्ड कल्चर म्युजक अवार्डमा उनले अवार्ड समेत हात पारिन् । जसका कारण उनको उत्साह झन् थपिएको छ ।
उनका सबै गीत युट्युबमा पाईन्छ । मेनुका राईको व्यक्तित्व निख्खर र मिजासिलो छ । स्वर अनुसारको गीत यीनले पाउने हो भने एकदम चर्चाको शिखर पुग्ने कुराको कुनै शंका छैन । संगीतमा लामो समय देखि सक्रिय मेनुका राईका आकर्षक सिर्जनाले नेपाली गीत संगीतमा फराकिलो क्षेत्र ओगटेको छ ।




