काठमाडौं । नेपाली मौलिक लोकगीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक भएको छ । मायाको डोरी आफ्नी मायालुलाई गास्नको लागि गीत मार्फत आग्रह गरिएको छ ।
जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रेको लय एवम् सिर्जना विष्णु डुम्रेले गरेका छन् । मौलिक सिर्जनाको विकास एवम् विस्तारका लागि भएपनि यस गीतले नेपाली संगीतको सागरमा केहि भएपनी योग्दान दिने अपेक्षा लिइएको छ ।
गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केसीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।




