काठमाडौं । गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन् । अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन् । वैशाख ५ गते विवाह तय भएको छ ।
दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन् । झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केहि समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । पछिल्लो समय यी दुईको ’ब्रेकअप’ भएको चर्चा समेत थियो ।




