काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।
क्यानडामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत, साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ ।
जिन्दगीको यात्रा भरि आफ्नो प्रेमीलाई सदैव आफ्नो साथमै राख्ने कुरालाई गीतमा व्यक्त गरिएको छ । आफूलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन् ।
गीतमा प्रेमीले जोडी बीचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतको छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।




