एजेन्सी । प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै २ छोरीको हत्या गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
हत्या हुनेमा निशत र अफशान रहेको जनाइएको छ । धादीले आफ्ना छोरा असिम र अरु आफन्तहरू अदनान, अफशाल र रियाजको सहयोगमा छोरीको हत्या गरेका हुन् ।
प्रहरी घटनास्थल पुग्दा त्यहाँ निशत र अफशानको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको जनाइएको छ । हत्याराहरु भने घटनास्थलबाट फरार रहेकाले खोजी अभियान सञ्चालन गरेको र पछि सियादलाई भने पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फेला परेका शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै डनले उल्लेख गरे अनुसार दुई दिदी बहिनीले घरबाट भागेर आफ्नै मर्जीमा बिहे गरेका थिए ।






