सिन्धुली । सिन्धुलीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका ७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको आइस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनापछि सशस्त्र प्रहरीको विपद ब्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोर सहित ७ जना खटिएका छन् । घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको छ ।




