काठमाडौं । काठमाडौंबाट रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकटर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
रसुवाको स्याफ्रुबेसीको लागि एयर डाइनेस्टीको एन-एजेडी हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । बुधबार दुर्घटना भएको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।
क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार रहेको खुलेको हो । दुर्घटनामा परेका चिनियाँ पर्यटकमा जी लि, यियाद वु, जेमिङ सी र जुदाड टाङ रहेका छन् ।
अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेका छन् । घटना बारे थप विवरण आउन बाँकी छ ।




