एजेन्सी । हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनीहरूको स्वभावमा भरपर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रूपले होइन । तर, समुन्द्रशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अङ्ग अनुसार पनि उनीहरूको प्रेमीको अवस्था थाहा हुन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरू उल्लेख गरेका छौँ ।
शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औँला लामा लामा हुन्छन् त्यस्ता युवतीहरू धोकेबाज हुन्छन् । उनीहरूले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् । औँला लामा हुनु स्त्रीहरूका लागि राम्रो भएपनि पुरुषहरूका लागि भने त्यस्ता युवतीको भर पर्दा धोका हुन सक्छ । त्यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकै पटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।
शास्त्रका अनुसार जुन स्त्रीका खुट्टाका औँला लामा र गोला हुन्छन् उनीहरू भाग्यमानी हुन्छन् । तर, छोटा र टेडामेडा परेका औंला हुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।






