काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।
अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी बापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उनले उजुरी दिएका हुन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वाताको क्रममा बताएका थिए ।
वास्तविक सुराकीकर्तालाई सुराकी गरे बापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरेपनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ । गत निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ मा प्रतिनिधिसभाको उम्मेदवार समेत थिए । पछि उनले राजिनामा दिएर हिडेका थिए ।





