एजेन्सी । दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा कार र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।
उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तबाट फर्कंदै गरेको पाकिस्तानी नागरिक बोकेको बस सिस्तान र बलुचेस्तानको निमरुज काउन्टीको इन्टरसिटी सडकमा कारसँग ठोक्किँएको हो ।
कार चालकले एम्बुलेन्स आउनुअघि नै ज्यान गुमाए र घाइतेमध्ये दुई जनालाई अस्पतालमा सारिएको छ । यस्तै अन्य ३५ घाइतेले घटनास्थलमा प्राथमिक आकस्मिक उपचार पाएका थिए ।






