काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका १ घर भई काठमाडौं टोखा नगरपालिका ६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गिताले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




