काठमाडौं । काठमाडौं महानगरपालिका १४, कुलेश्वरमा इन्द्रेणी हार्डवेयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारी हुँ भन्दै कर्मचारीलाई धम्क्याउने आरोपमा पक्राउ गरिएको छ ।
अख्तियारको टोलीले चौधरीलाई बुधबार साँझ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । उनलाई ललितपुरको जिल्ला प्रहरी परिसरमा बुझाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी नवरन्त पौडेलका अनुसार चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको छ । उनले राजस्व अनुसन्धान कार्यालय, पथलैया, बाराका कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ ।




